नेभिगेशन
समाज
भोटेकोशी बाढी

हाइड्रोका टनेलमा उद्धार प्रगति के छ ?

काठमाडौँ । भोटेकोशी बाढीको सातौँ दिन आज पनि भोटेकोशी र त्रिशूली नदीका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको खोजी जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म पुगेर खोजी गरिरहेको छ भने लाङटाङ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिरहेको छ ।

Ncell
Extreme Energy

त्यसैगरी अपर त्रिशूली–१ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली टनेलको करिब २०० मिटरसम्म प्रवेश गरेको छ । त्रिशूली थ्री ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने र टनेलभित्रको पानी निकाल्ने कार्य भइरहेको सेनाले जनाएको छ । ३ वटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। रक ब्रेकरबाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भइरहेको पनि सेनाले जनाएको छ ।

त्रिशूली थ्री बीमा पनि विज्ञसहितको फौज खटिई टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र एक्स्काभेटर समेत प्रयोग गरी खन्ने कार्य भइरहेको छ।

 आज बिहान ११ बजेसम्म नेपाली सेनाद्वारा हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।