नेभिगेशन
समाज
भोटेकोशी बाढी

हाइड्रोका टनेलमा उद्धार प्रगति के छ ?

काठमाडौँ । भोटेकोशी बाढीको सातौँ दिन आज पनि भोटेकोशी र त्रिशूली नदीका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको खोजी जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म पुगेर खोजी गरिरहेको छ भने लाङटाङ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य गरिरहेको छ ।

Ncell
Extreme Energy

त्यसैगरी अपर त्रिशूली–१ हाइड्रोमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली टनेलको करिब २०० मिटरसम्म प्रवेश गरेको छ । त्रिशूली थ्री ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने र टनेलभित्रको पानी निकाल्ने कार्य भइरहेको सेनाले जनाएको छ । ३ वटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। रक ब्रेकरबाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भइरहेको पनि सेनाले जनाएको छ ।

त्रिशूली थ्री बीमा पनि विज्ञसहितको फौज खटिई टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र एक्स्काभेटर समेत प्रयोग गरी खन्ने कार्य भइरहेको छ।

 आज बिहान ११ बजेसम्म नेपाली सेनाद्वारा हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...