नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभाले पारित गर्यो विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभाले विपद् व्यवस्थापन सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको बैठकले विनाशकारी बाढीमा ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण र शोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको हो । 
विशेष प्रस्तावमा बेपत्ता÷सम्पर्कविहीनहरूको तीव्र खोजी तथा प्रभावितहरूको शीघ्र उद्धार, घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था, वैज्ञानिक विधिबाट शवहरूको पहिचान तथा व्यवस्थापन र प्रभावित परिवारलाई प्रभावकारी राहत तथा पुनस्र्थापना गर्न ध्यानाकर्षण गराइएको छ ।

Marvel
Extreme Energy

त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारबीच सघन समन्वयका साथै नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारीका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए । 

त्यसअघि बैठकमा राष्ट्रियसभा अध्यक्ष दाहालले घाइतेहरूको शीघ्र निःशुल्क उपचारको व्यवस्था गर्न र सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्न सम्पूर्ण स्रोत, साधन, प्रविधि र जनशक्ति अधिकतम परिचालन गर्न सुझाव दिए । राहत सामग्रीको संकलन, भण्डारण, ढुवानी र वितरणलाई पारदर्शी र व्यवस्थित बनाई वास्तविक पीडितसम्म समयमै पु¥याउनुपर्ने तथा जनगुनासोलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । 

राष्ट्रियसभाको अर्को बैठक भदौ २३ गते मंगलबार बस्ने गरी स्थगित भएको छ । 

आजको बैठकमा बोल्ने राष्ट्रियसभा सदस्यहरुले विपद् व्यवस्थापनमा तीन तहका सरकारहरुबीच समन्वय नभएको भन्दै तत्काल समन्वय गरेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै