नेभिगेशन
समाज

सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

काठमाडौँ । सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र मन्त्रालयका अनुसार, भारतको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा खटिएको छ भने चीनबाट आएको ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली ३ ’ए’ आयोजना क्षेत्रमा परिचालन भएको छ । त्यस्तै कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिए ।

Ncell
Extreme Energy

मन्त्रालयले विपद् व्यवस्थापनमा विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता पौडेलले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जाकारी दिए ।

उनले भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली २९ अगस्टदेखि कार्यक्षेत्रमा रहेको र चीनबाट ४ सदस्यीय फोरेन्सिक टोलीका साथै सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउन समन्वय भइरहेको बताए ।

तत्काल पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना सुरक्षित राखी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता पौडेलले क्षति मूल्याङ्कन गरी ’विपद्पछिको आवश्यकता मूल्याङ्कन’ तयार गरिने र सोही आधारमा दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिने पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

रास्वपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ ।
राष्ट्रियसभाले पारित गर्यो विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव

राष्ट्रियसभाले पारित गर्यो विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव

राष्ट्रियसभाले विपद् व्यवस्थापन सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् ।