नेभिगेशन
पूर्वाधार

पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड ३ ठाउँमा भासियो

चितवन । रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भासिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका  सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ ।
 
मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ भासिएको छ ।
 
यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार अहिले पनि त्रिशूली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै छ । गेग्रानसहितको बाढीले कृष्णभीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल नै बगाएको छ । अहिले पानीको बहावले हानी रहेको छ । नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उनले सडकको फेदमा कटान गरिरहेको बताइन् ।  चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसकेको र  कमजोर ठाउँमा नदीले कटान गरिरहेको इञ्जिनियर अधिकारी बताउँछिन् । 

Ncell
Extreme Energy

यस वर्ष त्रिशूलीले धार परिवर्तन गरेर वल्लो छेउको  सडकको भित्तोमा केन्द्रित भएको छ । त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इञ्जिनियर मिश्रले बताए । उनका अनुसार कृष्णभीर तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन । सितल बजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी छ ।

आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार परेवाभीरमा सडकको नदी पट्टीको भाग भासिएको छ । १०० मिटर हाराहारी सडक भासिएर कालोपत्रेसम्म झरेको छ । त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाहेकका सवारी रोकिएको छ । 

तलबाट काम गर्न सक्ने अवस्था नभएकाले भित्तो केही काटेर तल सम्याएर साँझसम्ममा सडक सञ्चालन गर्ने तयारी गरिएको छ । सो ठाउँमा भित्तोपट्टी रहेका बिजुलीका पोल सार्ने तयारी गरिएको छ ।
 
त्यस खण्डको दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भएपछि गोरखा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ । त्यतातर्फका सडकमध्ये उपयुक्त सडकलाई तत्काल मर्मत सम्भार गरी वैकल्पिक सडक बनाउन लागिएको हो । राजधानीको लाइफलाइनको रुपमा रहेको  त्यस सडक हुँदै दैनिक करिब १४ हजार हाराहारी सवारी सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।