नेभिगेशन
पूर्वाधार

पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड ३ ठाउँमा भासियो

चितवन । रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भासिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका  सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ ।
 
मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडौँतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ भासिएको छ ।
 
यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार अहिले पनि त्रिशूली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै छ । गेग्रानसहितको बाढीले कृष्णभीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल नै बगाएको छ । अहिले पानीको बहावले हानी रहेको छ । नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उनले सडकको फेदमा कटान गरिरहेको बताइन् ।  चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसकेको र  कमजोर ठाउँमा नदीले कटान गरिरहेको इञ्जिनियर अधिकारी बताउँछिन् । 

Ncell
Extreme Energy

यस वर्ष त्रिशूलीले धार परिवर्तन गरेर वल्लो छेउको  सडकको भित्तोमा केन्द्रित भएको छ । त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इञ्जिनियर मिश्रले बताए । उनका अनुसार कृष्णभीर तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन । सितल बजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी छ ।

आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार परेवाभीरमा सडकको नदी पट्टीको भाग भासिएको छ । १०० मिटर हाराहारी सडक भासिएर कालोपत्रेसम्म झरेको छ । त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाहेकका सवारी रोकिएको छ । 

तलबाट काम गर्न सक्ने अवस्था नभएकाले भित्तो केही काटेर तल सम्याएर साँझसम्ममा सडक सञ्चालन गर्ने तयारी गरिएको छ । सो ठाउँमा भित्तोपट्टी रहेका बिजुलीका पोल सार्ने तयारी गरिएको छ ।
 
त्यस खण्डको दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भएपछि गोरखा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ । त्यतातर्फका सडकमध्ये उपयुक्त सडकलाई तत्काल मर्मत सम्भार गरी वैकल्पिक सडक बनाउन लागिएको हो । राजधानीको लाइफलाइनको रुपमा रहेको  त्यस सडक हुँदै दैनिक करिब १४ हजार हाराहारी सवारी सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...