नेभिगेशन
समाज

आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

काठमाडौँ । भोटेकोशी बाढीको सातौँ दिन भइसक्दा पनि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य सफल हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनासँगै भारत, चीन र कोरियाका विशेषज्ञ उद्धार टोली परिचालन गरिए पनि सुरुङमा फसेकाहरुको उद्धार हुन सकेको छैन । आज साँझ ५ बजेसम्म ठोस उपलब्धि हासिल हुन नसकेको नेपाली सेनाले जारी गरेको पछिल्लो अपडेटमा उल्लेख छ ।

Ncell
Extreme Energy

सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब १५० मिटर भित्रसम्म पुग्दा भिरालो भाग सुरु भएपछि सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको छ।

अपर त्रिशूली–१ को हाँकूमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मिटरसम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको छ।

त्रिशूली ३ ए मा टनेल हेड फेला परेको र ३ वटा एक्स्काभेटरबाट माटो पन्छाई कम्प्रेसर र रक ब्रेकर द्वारा इन्टेल टनेलमा प्वाल पारिए पनि त्यहाँबाट अत्यधिक पानी आएपछि उद्धारकर्मी भित्र प्रवेश गर्न सकेनन् ।

त्यसपछि आउटलेटबाट पुनः अर्को प्वाल पार्ने कार्य सुरु गरिएको सेनाले उल्लेख गरेको छ ।

त्रिशूली ३ बी आयोजनाको कार्यालय तथा निवास पहिचान गरी एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माण सुरु गरिएको छ ।

नेपाली सेनाले त्रिशूली नदीको प्रभावित विभिन्न पाँच स्थानहरूमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरेको छ । पाँच ठाउँमा यस्तो तुइन बनाउने योजना छ ।

आज दिनभरमा एक विदेशी नागरिकसहित जम्मा ११८ जनाको उद्धार गरिएको पनि सेनाले जनाएको छ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।