नेभिगेशन
समाज

आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

काठमाडौँ । भोटेकोशी बाढीको सातौँ दिन भइसक्दा पनि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य सफल हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनासँगै भारत, चीन र कोरियाका विशेषज्ञ उद्धार टोली परिचालन गरिए पनि सुरुङमा फसेकाहरुको उद्धार हुन सकेको छैन । आज साँझ ५ बजेसम्म ठोस उपलब्धि हासिल हुन नसकेको नेपाली सेनाले जारी गरेको पछिल्लो अपडेटमा उल्लेख छ ।

Ncell
Extreme Energy

सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब १५० मिटर भित्रसम्म पुग्दा भिरालो भाग सुरु भएपछि सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको छ।

अपर त्रिशूली–१ को हाँकूमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मिटरसम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको छ।

त्रिशूली ३ ए मा टनेल हेड फेला परेको र ३ वटा एक्स्काभेटरबाट माटो पन्छाई कम्प्रेसर र रक ब्रेकर द्वारा इन्टेल टनेलमा प्वाल पारिए पनि त्यहाँबाट अत्यधिक पानी आएपछि उद्धारकर्मी भित्र प्रवेश गर्न सकेनन् ।

त्यसपछि आउटलेटबाट पुनः अर्को प्वाल पार्ने कार्य सुरु गरिएको सेनाले उल्लेख गरेको छ ।

त्रिशूली ३ बी आयोजनाको कार्यालय तथा निवास पहिचान गरी एक्स्काभेटरमार्फत पहुँचमार्ग निर्माण सुरु गरिएको छ ।

नेपाली सेनाले त्रिशूली नदीको प्रभावित विभिन्न पाँच स्थानहरूमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोटको इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरेको छ । पाँच ठाउँमा यस्तो तुइन बनाउने योजना छ ।

आज दिनभरमा एक विदेशी नागरिकसहित जम्मा ११८ जनाको उद्धार गरिएको पनि सेनाले जनाएको छ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...