नेभिगेशन
समाज

टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने, 'सरकार तपाईहरुसँगै छ'

हरेक पीडित परिवारलाई डेडिकेटेड गरेर २४सै घण्टा सूचना सम्पर्क गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुको सुरुङमार्गमा फसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको पीडित परिवार र आयोजना सञ्चालक समितिका पदाधिकारीसँग मन्त्रालयमा संयुक्त छलफल गर्दै मन्त्री श्रेष्ठले उद्धारमा राज्यले सबै उपाय लगाएको र हरसम्भव प्रयास गरेको बताए । 

Ncell
Extreme Energy

टनेलमा फसेकाहरुको समस्या पीडित परिवारकोमात्रै नभई राज्यकै जनशक्ति सम्पत्ति भएको भन्दै उनले राज्यले ठूलो जनशक्ति गुमाएको बताए । 'मलाई अहिले पनि किन किन केही हुन्छ कि, कोही कुरिरहेको छ कि भन्ने जिम्मेवारीबोधले हामी लागिरहेका छौं,' उनले भने, 'यो भइरहँदा कही कतै केही छुट्यो भन्ने अर्कै खालको गिल्टी छ के । तर यो महाविपत्ति यस्तो आइदियो कि कल्पनाभन्दा कहाँ हो कहाँ ? तर म के विश्वस्त पार्न चाहन्छु भने राज्य सरकार, तपाइहरुसँगै छ ।'

प्रधानमन्त्रीले पनि स्रोत साधनमा कुनै कमी नहुने र के गर्नुपर्छ गर्नु भनेको उनले सुनाए । 'उहाँले सोधिराख्नुभएको छ, कहाँ कमी भयो भनेर, ए त्यहाँ भयो सम्पर्क भयो कि भएन भनेर,' उनले भने ।

मन्त्री श्रेष्ठले आजैदेखि सूचना प्रवाहमा सक्रिय हुन, दिउँसो पीडित परिवारलाई कार्यालयमा राखेर आएको अपडेट दिन निर्देशन दिए । यति सुन्दा पीडित परिवारलाई केही भइरहेको छ भनेर आश्वस्त पार्ने उनको भनाइ थियो ।

'जलविद्युत आयोजनाको बोर्डले हरेक पीडित परिवारलाई डेडिकेटेड गरेर २४सै घण्टा सम्पर्क गरिदिनुपर्यो । उहाँहरुले केही खोजेको होइन । सत्य सूचना खोजेको हो । मलाई के चित्त दुखेको छ भने यो कुरा अरु परिवारमा पनि फ्लो भइरहेको छैन,' उनले भने । हरेक कम्पनीको सिइओले पीडित परिवारसँग कम्युनिकेसन गर्नुपर्ने उनको भनाइ थियो । 'सूचनाको मिस ग्याप नहोस्,' उनले भने । 

मन्त्री श्रेष्ठले हेलिकप्टरको अभाव हुँदा उपकरण लैजान चुनौती भएको बताए । स्रोत साधनको कमी नभएको तर भौगलिक र मौसमी चुनौती तथा बीचमा बाढीको अलर्टले गर्दा कठिनाइ भएको उनको भनाइ थियो । 'टनेलमा खन्दा टनेल भेटिन्छ । तर अर्को महाभारत सुरु भइदियो । लेदो पानी अझ जमेर बसेको छ,' उनले भने, 'तर राज्य हरसम्भव प्रयास गरिरहेको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री

हिमनदीभित्र पग्लिएको पानीको कारणले गर्दा हिमनदीको पतनमा बरफ र पानी दुवै मिसिएको हुनसक्ने प्रधानमन्त्री शाहको भनाइ छ । “विज्ञहरू भन्नुहुन्छ, भोटेकोशी नदीमा आएको बाढी, हिमनदीको एउटा सिङ्गै भाग...
बाढीग्रस्त क्षेत्रमा खर्च गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

बाढीग्रस्त क्षेत्रमा खर्च गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नुहुन्छ। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको...
रवि लामिछानेलाई भेटेर चिनियाँ राजदूतले के भने ?

रवि लामिछानेलाई भेटेर चिनियाँ राजदूतले के भने ?

सो भेटमा चिनियाँ राजदूतले खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै चीन नेपालको साथमा रहेको बताउँदै नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी गराएको रास्वपा प्रवक्ता जगदीश खरेलले जनाएका...
आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

आर्मी भन्छ– जलविद्युतका सुरुङ कुनै पुरिएका छन्, कुनै टालिएका छन्

भोटेकोशी बाढीको सातौँ दिन भइसक्दा पनि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य सफल हुन सकेको छैन ।

भर्खरै