नेभिगेशन
समाज

माथिल्लो त्रिशूली ३ ए अपडेट: रातभरकाे वर्षाले टनेलभित्र पानी भरिएपछि उद्धार कार्यमा चुनौती

टनेलको मुखमा भरिएको पानी पम्पमार्फत बाहिर फालिँदै

काठमाडौँ । रसुवा बाढीबाट प्रभावित माथिल्लो त्रिशूली ३ ए को टनेलको मुखमा पानी भरिएको छ । रातभर परेको अविरल वर्षाले खनेको ठाउँ पानीले भरिएपछि पम्पमार्फत पानी बाहिर फालिँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यमा चुनौती थपिएको बताए ।
    
उनका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको छ । सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेको उनले जानकारी दिए । “बिहानैदेखि खोजी सुरु गरिएको छ । रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्”, उनले भने ।

Ncell
Extreme Energy

जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ । वर्षाका कारण खोज, उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

कृष्णभिरपछि परेवाभिरमा पनि बाढीका कारण सडक भासियो, कुन राजमार्गको अवस्था के ?

नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
भोटेकोशी बाढीबारे विज्ञहरुले वनमन्त्री चौधरीलाई के सुझाव दिए ?

भोटेकोशी बाढीबारे विज्ञहरुले वनमन्त्री चौधरीलाई के सुझाव दिए ?

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु संकटबारे विज्ञहरुसँग सुझाव लिएकी छिन् । मन्त्री चौधरीले मन्त्रालयमा जलवायुसाग सम्बन्धि...