नेभिगेशन
समाज

पश्चिम नवलपरासीमा १३३ शव व्यवस्थापन

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा १३३ जनाको शव व्यवस्थापन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भाद्र १० गतेको रसुवामा आएको बाढीका कारण मृत्यु भएकामध्ये नवलपरासीको सुस्ता तथा भारतीय क्षेत्रमा १९० वटा शव तथा मानव अंग फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।

Ncell
Extreme Energy

सुनवल नगरपालिका ७–अलकत्रे डाँडामा भदौ १४ गते ४५ र भदौ १५ गते २३ गरी ६८ वटा शव व्यवस्थापन गरिएको छ भने भदौ १६ गते बर्दघाटमा २ र चिसापानी वनमा ६५ वटा शव ववस्थापन गरिएको छ ।

जिल्लामा हालसम्म मानव अंग र शव गरी १९० वटा फेला परेका छन् । जसमध्ये हालसम्म ५ वटा शवको मात्र सनाखत भएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १७ शव र १८ शरीरका अंग गरी ३५ वटा रहेका छन्। जिल्ला अस्पताल परासीमा १२ वटा शव तथा पिपरा अस्पताल, कपिलवस्तुमा ५ वटा शव गरी जम्मा ३४ वटा शव तथा १८ वटा मानव अंग गरी ५२ शव सनाखत तथा व्यवस्थापन हुन बाँकी छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
६ हाइड्रोका सुरुङमा उद्धारः के छ प्रगति ?

६ हाइड्रोका सुरुङमा उद्धारः के छ प्रगति ?

भोटेकोशी बाढीको आज आठौँ दिन आज पनि रसुवा र नुवाकोटका ६ वटा जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी छ । उद्धारमा नेपालीसँगै विदेशी विशेषज्ञहरु पनि संलग्न छन् ।
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...
बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको हो । यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइनेछ...
माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

माटोमुनि शव, अस्पतालमा डीएनए नमुना संकलन (तस्बिरहरू)

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा नमुना दिनेहरुको भीड छ ।