नेभिगेशन
समाज

६ हाइड्रोका सुरुङमा उद्धारः के छ प्रगति ?

काठमाडौँ । भोटेकोशी बाढीको आज आठौँ दिन आज पनि रसुवा र नुवाकोटका ६ वटा जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास जारी छ । उद्धारमा नेपालीसँगै विदेशी विशेषज्ञहरु पनि संलग्न छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका अनुसार रसुवागढी हाइड्रोमा उद्धार टोली टलेनको करिब १५० मिटरभित्र पुगेको छ भने ठूला चट्टानहरूको कारण त्यहाँबाट भित्र जान सकेको छैन । आज सो क्षेत्रमा पुनः खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ । 

Ncell
Extreme Energy

लाङटाङ हाइड्रोमा पनि विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरेको छ । 

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेकोछ भने अपर त्रिशूली १, हाँकुमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य गरिरहेको छ । 

त्रिशूली ३ एमा मा नेपाली सेना सहितको ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ । त्यहाँ ३ वटा स्काभेटर र १ वटा बबक्याट माटो पन्छाई कम्प्रेसर र ब्रेकरबाट ढुंगा फुटाउने कामपछि सुरुङको आउटलेट भेटिएको छ। 

वर्षाको कारण राति जमेको पानीलाई बाहिर फालिएको छ । 

त्रिशूली ३ बीमा नेपाली सेनाको ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाउने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।