नेभिगेशन
समाज

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

काठमाडौँ । रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणकाअनुसार टनेलमा भरिएको पानी निकासी गर्ने कार्य निरन्तर भइरहेको छ । 

Ncell
Extreme Energy

ठूला ढुंगाहरूलाई ब्लास्टिङ गरी फुटाइएको छ भने बाँकी कंक्रिट तथा चट्टान हटाउने कार्य भइरहेको छ । 

के के भइरहेकाे छ काम ?

•पोर्टलबाट Dewatering कार्य निरन्तर जारी रहेको छ। सुरुङभित्रको पानीको सतह एकिन गर्न सुरुङको क्राउन लेभलभन्दा माथिको पानी निकासी गरिसकिएको छ भने बाँकी पानी निकासी गर्ने कार्य निरन्तर भइरहेको छ।

•बाढीका कारण केबल टनेलको प्रवेशद्वारमा ठूला ढुंगा तथा Concrete Debris थुप्रिएको अवस्थामा रहेको छ। ठूला ढुंगाहरूलाई ब्लास्टिङ गरी फुटाइएको छ भने बाँकी कंक्रिट तथा चट्टान हटाउन Breaker र Excavator प्रयोग भइरहेको छ।

•पानी निकासीलाई थप सहज बनाउन ठूला ढुंगाहरूको थप Breaking/Blasting गर्दै तल्लो भू-भाग तथा नदीतर्फ पानीको निकास हुने गरी Gully Drainage Canal निर्माण गर्ने कार्यसमेत भइरहेको छ।

•केबल टनेलको मुखमा रहेको ठूलो कंक्रिट संरचना हटाइएको छ।

•उद्धार तथा पानी निकासीको कार्यलाई निरन्तरता दिन र कार्यरत कर्मचारीलाई पालो उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण (NEA) बाट थप ब्याकअप जनशक्ति आलोपालो परिचालन हुने गरी पठाइएको छ।

•केबल टनेलभित्र प्रवेशका लागि आवश्यक खाली स्थान सिर्जना गर्न टनेलको ईन्भर्ट लेभल पुग्न तथा पानी निकासीको लागी पम्पिङ्ग कार्य योजनाअनुसार निरन्तर अघि बढाइएको छ।

•उद्धार तथा पानी निकासीका सम्पूर्ण कार्यहरू उपलब्ध प्राविधिक तथा जनशक्तिको अधिकतम परिचालन गरी निरन्तर रूपमा अगाडि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।