नेभिगेशन
समाज

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

काठमाडौँ । रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणकाअनुसार टनेलमा भरिएको पानी निकासी गर्ने कार्य निरन्तर भइरहेको छ । 

Ncell
Extreme Energy

ठूला ढुंगाहरूलाई ब्लास्टिङ गरी फुटाइएको छ भने बाँकी कंक्रिट तथा चट्टान हटाउने कार्य भइरहेको छ । 

के के भइरहेकाे छ काम ?

•पोर्टलबाट Dewatering कार्य निरन्तर जारी रहेको छ। सुरुङभित्रको पानीको सतह एकिन गर्न सुरुङको क्राउन लेभलभन्दा माथिको पानी निकासी गरिसकिएको छ भने बाँकी पानी निकासी गर्ने कार्य निरन्तर भइरहेको छ।

•बाढीका कारण केबल टनेलको प्रवेशद्वारमा ठूला ढुंगा तथा Concrete Debris थुप्रिएको अवस्थामा रहेको छ। ठूला ढुंगाहरूलाई ब्लास्टिङ गरी फुटाइएको छ भने बाँकी कंक्रिट तथा चट्टान हटाउन Breaker र Excavator प्रयोग भइरहेको छ।

•पानी निकासीलाई थप सहज बनाउन ठूला ढुंगाहरूको थप Breaking/Blasting गर्दै तल्लो भू-भाग तथा नदीतर्फ पानीको निकास हुने गरी Gully Drainage Canal निर्माण गर्ने कार्यसमेत भइरहेको छ।

•केबल टनेलको मुखमा रहेको ठूलो कंक्रिट संरचना हटाइएको छ।

•उद्धार तथा पानी निकासीको कार्यलाई निरन्तरता दिन र कार्यरत कर्मचारीलाई पालो उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण (NEA) बाट थप ब्याकअप जनशक्ति आलोपालो परिचालन हुने गरी पठाइएको छ।

•केबल टनेलभित्र प्रवेशका लागि आवश्यक खाली स्थान सिर्जना गर्न टनेलको ईन्भर्ट लेभल पुग्न तथा पानी निकासीको लागी पम्पिङ्ग कार्य योजनाअनुसार निरन्तर अघि बढाइएको छ।

•उद्धार तथा पानी निकासीका सम्पूर्ण कार्यहरू उपलब्ध प्राविधिक तथा जनशक्तिको अधिकतम परिचालन गरी निरन्तर रूपमा अगाडि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...