नेभिगेशन
समाज

सेनापति सिग्देल पुगे त्रिशूली थ्री ‘ए’को टनेलमा

काठमाडौँ । प्रधानसेनापति अशोक सिग्देलराज भोटेकोशी बाढीका कारण थुनिएको त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा पुगेर उद्धार कार्यको अवलोकन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा उनले सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका उद्धारकर्मीलाई निर्देशन दिए ।

Ncell
Extreme Energy

भदौ १० गतेदेखि नै बाढी प्रभावित क्षेत्रमा नेपाली सेना खोजी तथा उद्धारमा सक्रिय छ । पछिल्ला केही दिनयता नेपाली सहितका उद्धारकर्मीहरुले भोटेकोशी र त्रिशूली नदीका जलविद्युत आयोजनाका सुरुङमा थुनिएकाहरुको उद्धार कार्य जारी राखेका छन् ।

सोही क्रममा लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा सानो–सानो प्वाल  बनाई खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।

Tunnel-9-1788422101.jpeg
 

त्यस्तै, चिलिमे हाइड्रोमा पनि विदेशीसहितको संयुक्त टोली खोज तथा उद्धारमा परिचालित छ ।

त्रिशूली थ्री एमा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एक्स्काभेटर प्रयोग गरी टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाएको छ । प्वाल ठूलो बनाउन ब्लास्टिङ गरिएको पनि सेनाले जनाएको छ ।

त्रिशूली थ्री बीमा नेपाली सेनाको ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाउने काम भइरहेको पनि सेनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सचिवालय बैठकमा रविले भने– राजनीतिक र राष्ट्रिय सहमति कायम गरिनुपर्छ

सचिवालय बैठकमा रविले भने– राजनीतिक र राष्ट्रिय सहमति कायम गरिनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् ।
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...
कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीक कार्यालयले जानकारी दियो ।