नेभिगेशन
समाज

बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ। सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई तौल सीमा तोकेर रातिको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ। बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा तोकिएको हो।

Ncell
Extreme Energy

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ।

धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमै एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको अधिकारीले बताए।

डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी तत्काल सुधारका काम अघि बढाउने भएको छ।

ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ।

डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज रूपमा पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर तथा अन्य उपकरण तयारी अवस्थामा राखिएको बताए।

'राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर तथा अन्य उपकरण तम्तयारी अवस्थामा राखिएको छ,'उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ।
नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

अमेरिकी टेक कम्पनी इन्भिडियाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढी पीडितलाई १ करोड अमेरिकी डलर अर्थात डेढ अर्ब रुपैयाँ सहयोग गरेका छन् ।
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो।