नेभिगेशन
पूर्वाधार

माथिल्लो त्रिशूली–३ ‘ए’ मा यसरी भइरहेछ खोज तथा उद्धार

काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ ।
 
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त जलविद्युत् क्षेत्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको जानकारी दिए। उनले टनेलको मुखमा जमेको १५ फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोलीभित्र प्रवेश गरेको बताए ।

Ncell
Extreme Energy

“सेनाले थप अगाडिसम्म पुग्ने प्रयास जारी राखेको छ, दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानीलाई निकास दिन प्राविधिक टोली सफल भएको छ, त्यसबाट उद्धारकार्य थप सहज भएको छ”, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणको व्यवस्थापन समितिको बैठकले खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै पनि स्रोत साधनको अभाव हुन नदिने निर्णय गरेको छ । बैठकले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको प्राप्ति, खर्च र त्यसको अभिलेख व्यवस्थापन गर्ने विशेष निर्णय गरेको छ ।
 
बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारको पीर, मर्का एवं गुनासो सुन्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेकोे छ । सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तजनलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्‍याएर स्थलगत जानकारी गराउने व्यवस्था मिलाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ।
नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

अमेरिकी टेक कम्पनी इन्भिडियाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढी पीडितलाई १ करोड अमेरिकी डलर अर्थात डेढ अर्ब रुपैयाँ सहयोग गरेका छन् ।
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो।