नेभिगेशन
समाज

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी–त्रिशूली–नारायणी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ। बिहीबार साँझ ७ बजेसम्मको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनमा गरी १ हजार २५९ जनाको शव फेला परेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७३, धादिङमा ६०, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५५ जना छन्।

Ncell
Extreme Energy

हालसम्म ९५ जनाको सनाखत भइसकेको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको छ।

बाढीपछि करिब ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको विवरण छ। रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार करिब २ हजार १३० जना, नुवाकोटबाट करिब २ हजार ३४० जना र ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १२६, नेपाल प्रहरीले ३ हजार ९८८ र सशस्त्र प्रहरी बलले ३ हजार ९२४ जनाको उद्धार गरेको छ।

उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

बाढीमा घाइते भएका ५ हजार ३८४ जनाको उपचार गरिएको छ। उद्धार गरिएका तथा प्रभावितमध्ये ३ हजार ८४४ जना विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्। तीमध्ये नुवाकोटमा २ हजार ९८१, धादिङमा २६० र रसुवामा ६०३ जना छन्।

सरकारले प्रभावित जिल्लाका लागि नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। त्यस्तै, प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ।
नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

अमेरिकी टेक कम्पनी इन्भिडियाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढी पीडितलाई १ करोड अमेरिकी डलर अर्थात डेढ अर्ब रुपैयाँ सहयोग गरेका छन् ।
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।
‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो।