नेभिगेशन
समाज

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरेर खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

Ncell
Extreme Energy

'भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ,' न्यौपानेले लेखेका छन्, 'नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।'

न्यौपाने हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोजी तथा उद्धार कार्यमा संलग्न थिए। अहिले सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट गाडीमार्फत काठमाडौँ फर्कने तयारीमा रहेको उनले बताएका छन्।

उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा अन्य उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र रहेका व्यक्तिको सकुशल उद्धारको खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ।
नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

अमेरिकी टेक कम्पनी इन्भिडियाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढी पीडितलाई १ करोड अमेरिकी डलर अर्थात डेढ अर्ब रुपैयाँ सहयोग गरेका छन् ।
‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

‘१० मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्‍यो’

घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो।
भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी–त्रिशूली–नारायणी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।