नेभिगेशन
समाज

अपडेट: त्रिशूली–३ ‘ए’को सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीले संवाद गरेको दाबी गरिएको छ। सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको र उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यौपानेले सामाजिक सञ्जालमार्फत उद्धार कार्य अझै जारी रहेको जानकारी दिएका हुन्। यसअघि पनि उनले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट प्राप्त भएको बताएका थिए।

Ncell
Extreme Energy

उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिले प्रतिक्रिया दिएको पुष्टि भएमा लामो समयदेखि सम्पर्कविहीन आयोजनाका कर्मचारी तथा कामदारको उद्धारको सम्भावना बढेको छ। उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्ने प्रयास जारी राखेको छ।

बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि सुरुङभित्र कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका थिए। त्यसयता नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक तथा अन्य उद्धारकर्मी खोजी तथा उद्धारमा खटिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

नेपालका बाढी पीडितका लागि इन्भिडियाका सीईओ जेन्सेनको डेढ अर्ब सहयोग

अमेरिकी टेक कम्पनी इन्भिडियाका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढी पीडितलाई १ करोड अमेरिकी डलर अर्थात डेढ अर्ब रुपैयाँ सहयोग गरेका छन् ।
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।