नेभिगेशन
समाज

अपडेट: त्रिशूली–३ ‘ए’ पुगे गृहमन्त्री गुरुङ, उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार अन्तिम चरणमा पुगिरहेका बेला गृहमन्त्री सुधन गुरुङ उद्धारस्थल पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार स्थल पुगेर मन्त्री गुरुङले पछिल्लो प्रगति विवरणको जानकारी लिएका छन् । 

Ncell
Extreme Energy

नेपाल विद्युत प्राधिकरणकाअनुसार नेपाली सेनाको स्वास्थ्य टोली तयारी अवस्थामा छ । प्राधिकरणले सेनासँग समन्वय गरी यातायात, हेलिकप्टर, ग्राउण्ड एम्बुलेन्स र हस्पिटल तयारी अवस्थामा राखेको छ । 

प्राधिकरणकाअनुसार सुरुङमा फसेकाहरुसँग उद्धार टोलीको दोहोरो सम्वाद भएको छ । उनीहरुले हामी धेरै छौ भनेका छन् । 

नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिले प्रतिक्रिया दिएको पुष्टि भएमा लामो समयदेखि सम्पर्कविहीन आयोजनाका कर्मचारी तथा कामदारको उद्धारको सम्भावना बढेको छ। उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्ने प्रयास जारी राखेको छ।

बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि सुरुङभित्र कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका थिए। त्यसयता नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक तथा अन्य उद्धारकर्मी खोजी तथा उद्धारमा खटिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।
टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

टनेलमा फसेको १०औं दिनमा त्रिशुली ३ ए बाट मेकानिकल इन्जिनियर सञ्जय शाहको जिवितै उद्धार

भोटेकोशी बाढीबाट त्रिशुली जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका एक जनाको जिवितै उद्धार गरिएको छ ।
बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।

भर्खरै