नेभिगेशन
समाज

बाढीका कारण करिब चार खर्बको क्षति भएको प्रारम्भिक अनुमान

प्रारम्भिक पुनर्स्थापनाका लागि सात अर्ब ९५ करोड आवश्यक

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार रु तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिए । विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनःस्थापनाका लागि रु सात अर्ब ९५ करोड आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ । 

“प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने अनुमान छ”, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् ।
उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।

भर्खरै