नेभिगेशन
समाज

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले जारी गरेको पछिल्लो सडक अवस्थाबारे अद्यावधिकअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्  जवाङखोला र कमेरेभीर क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

बाढीको सम्भावनालाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा तोकिएको छ । १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न दिइने तथा दिउँसो सडकको अवस्था हेरेर मात्र सञ्चालनको अनुमति दिइने जनाइएको छ ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडक क्षति पुर्याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना नभएसम्म बन्द रहेका छन् ।

यसैगरी, नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाएपछि काठमाडौँ–धादिङ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ । अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।
कांग्रेस सभापति थापा रसुवा जाँदै

कांग्रेस सभापति थापा रसुवा जाँदै

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज रसुवा जाँदैछन्  ।