नेभिगेशन
समाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेदीबाट लेकसाइडतर्फ आउँदै गरेकोे कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४ः५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको विहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन् । 

Ncell
Extreme Energy

उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरुलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताए । दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । 

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वाटर कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो । 

दुर्घटनामा परेको भारतीय नम्बर बिआर ०५ बिबी ६७५९ को कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।
कांग्रेस सभापति थापा रसुवा जाँदै

कांग्रेस सभापति थापा रसुवा जाँदै

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज रसुवा जाँदैछन्  ।