नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा आएको बाढी तथा त्यसबाट भएको क्षतिबारे टेलिफोन वार्ता भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान १० बजे भएको वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग भएको संवाद महत्त्वपूर्ण रहेको बताए।

Marvel
Extreme Energy

उनले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकले व्यक्त गरेको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।

प्रधानमन्त्री शाहले विपद्का बेला उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञ ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

उनले बाढीका कारण नेपालमा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिरहेको जानकारी पनि दिए।

नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्को यो अवस्थामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।

वार्ताका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढी तथा विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै