नेभिगेशन
समाज

ओलीको प्रश्न– ग्रीन आर्मीका नाममा खटिएका व्यक्ति को हुन्, खर्च र तालिमको स्रोत के हो?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी’का नाममा खटिएका व्यक्तिहरूको परिचय, तालिम र परिचालनको स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार रसुवाका बाढी प्रभावितहरूलाई राहत हस्तान्तरण गर्दै ओलीले नेपाली सेनाको तालिम लिएको दाबी गर्दै आर्मीको जस्तै पोसाकमा राहत तथा उद्धारमा खटिएका व्यक्तिहरूका विषयमा प्रश्न उठाएका हुन्।

Ncell
Extreme Energy

‘ग्रीन आर्मी भनेको के हो? उनीहरूको भनाइअनुसार आर्मीले तालिम दिएको भन्ने छ। आर्मीले तालिम दिएको हो भने कसरी दिएको हो?,’ ओलीले प्रश्न गरे।

उनले ग्रीन आर्मीमा करिब ७० हजार व्यक्ति रहेको दाबी गरिएको भन्दै उनीहरूको पोसाक, बुट र परिचालनमा हुने खर्चको स्रोतबारे पनि प्रश्न उठाए। त्यस्तै, संस्थाको दर्ता कसरी भयो र कुन निकायको संलग्नतामा गतिविधि सञ्चालन भइरहेको छ भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

ओलीले आफू प्रधानमन्त्री भएका बेला उक्त संस्था दर्ता भएको भन्ने विषयमा आफ्नो नाम जोडिएकोप्रति पनि आपत्ति जनाए।

‘म प्रधानमन्त्री भएका बेला दर्ता गरिएको भन्ने कुरा आएको छ। संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको होइन। संघसंस्था दर्ता गर्ने ऐन हुन्छ, कार्यालय हुन्छ,’ उनले भने।

ग्रीन आर्मीका गतिविधिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वा गृह तथा रक्षा मन्त्रालयको कुनै प्रकारको संलग्नता भए त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने ओलीले बताए। सेनाको नाममा तालिम, पोसाक र परिचालन भएको भए त्यसको खर्च कसले बेहोरेको हो भन्ने पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

‘नेपाली सेनाको नाम पनि आएको छ। तालिमसँग सम्बन्धित, चुस्तासँग सम्बन्धित कुरा आएको छ। चुस्ता कसले बनायो, नेपाली सेनाले स्वीकृति दियो कि दिएन, त्यसको खर्च कसले बेहो¥यो?,’ उनले प्रश्न गरे।

उनले राहत तथा उद्धारका नाममा एकाएक आर्मीको जस्तो पोसाकमा ठूलो संख्यामा मानिस देखा पर्नु गम्भीर विषय भएको बताए। यस्ता गतिविधि कहिलेदेखि र कुन उद्देश्यले सञ्चालन भइरहेका थिए भन्नेबारे पनि छानबिन आवश्यक रहेको उनले बताए।

यद्यपि ओलीले बाढी तथा विपद्का बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भएको उद्धार तथा राहत कार्यको प्रशंसा गरे। तर नेपाली सेना राजनीतिक विवादमा तानिने अवस्था आउन नहुने उनको भनाइ छ।

‘नेपाली सेना यस्ता कुराबाट पृथक् रहनु, निर्विवाद र निष्कलंक रहनु उचित हुन्छ। नेपाली जनताको आशा, भरोसा र विश्वास भएको राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा सेना रहनुपर्छ,’ उनले भने।

‘अहिले लोकप्रिय बन्ने होइन, पीडितलाई सेवा दिने समय हो’

ओलीले विपद्को समयमा राहत तथा उद्धारलाई प्रचारको माध्यम बनाउन नहुने पनि बताए। एमालेले आफ्नै स्रोत र कार्यकर्तामार्फत प्रभावित क्षेत्रमा राहत वितरण गरिरहेको जानकारी दिँदै उनले करिब १ करोड २० लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने योजना रहेको बताए।

‘हामी अहिले आफ्नै सामथ्र्यमा, आफ्नै कार्यकर्ताबाट हात उठाएर पीडितलाई राहत वितरण गरिरहेका छौँ। मोटामोटी रूपमा हामीले एक करोड २० लाखको राहत वितरण गर्ने भनेका हौँ,’ उनले भने।

जिन्सीलगायत सामग्रीसमेत जोड्दा राहतको रकम अझै बढ्ने उनले बताए। तत्काल सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म राहत पु¥याउन प्राथमिकता दिएको उनको भनाइ छ।
‘सरकारी कोषलाई राहत चाहिएको होइन, राहत पीडितलाई चाहिएको हो,’ ओलीले भने, ‘पहिले पीडित कहाँ राहत पु¥याउँछौँ। उद्धार र राहतमा दिनुपर्छ। त्यसपछि हाम्रो हैसियत रह्यो भने सरकारी कोषमा पनि दाखिला गर्न सक्छौँ।’

उनले विपद्का बेला कृत्रिम दृश्य खडा गरेर आफूलाई जनताको सेवक देखाउनेभन्दा वास्तविक रूपमा पीडितको सेवामा केन्द्रित हुनुपर्ने बताए।

ओलीले उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताए। प्रभावित क्षेत्रमा बाटो, झोलुंगे पुललगायत संरचना निर्माणका काम भइरहेको उल्लेख गर्दै उनले बागमती प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा सहयोग गर्ने दाताहरूप्रति धन्यवाद दिए।

विदेशबाट प्राप्त सहयोगप्रति पनि उनले आभार व्यक्त गर्दै विपद्को अवस्थामा सबैलाई सहयोगी हात अघि बढाउन आग्रह गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म तत्काल राहत पुर्‍याउन प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा आएको बाढी तथा त्यसबाट भएको क्षतिबारे टेलिफोन वार्ता भएको छ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।