नेभिगेशन
समाज

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म तत्काल राहत पुर्‍याउन प्राथमिकता दिनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताबाट संकलन गरेर बाढी प्रभावितलाई राहत वितरण गरिरहेको जानकारी दिँदै ओलीले न्यूनतम १ करोड २० लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने योजना रहेको बताए। जिन्सी सामग्रीसमेत जोड्दा राहतको परिमाण त्योभन्दा बढी पुग्ने उनले बताए।

Ncell
Extreme Energy

'हामी अहिले आफ्नै सामर्थ्यमा, आफ्नै कार्यकर्ताबाट हात उठाएर पीडितलाई राहत वितरण गरिरहेका छौँ। मोटामोटी रूपमा हामीले एक करोड २० लाखको राहत वितरण गर्ने भनेका हौँ,' ओलीले भने।
सरकारी कोषमा रकम जम्मा गर्ने विषयमा आफूहरू विरोधी नभएको स्पष्ट पार्दै उनले तत्काल पीडितको आवश्यकता पूरा गर्नुपर्ने बताए।

'सरकारी कोषमा जम्मै गर्दैनौँ भनेका छैनौँ। अहिले लगेर सरकारी कोषमा जम्मा गरिदियो भने त्यो जम्मा भएर बस्छ, पीडितले पाउँदैन,' उनले भने, 'सरकारी कोषलाई राहत चाहिएको होइन, राहत पीडितलाई चाहिएको हो।'

उनले अहिलेको प्राथमिकता पीडितलाई राहत पुर्‍याउने र उद्धार कार्यमा सहयोग गर्ने रहेको बताए। उद्धार तथा राहतअन्तर्गत बाढी र पहिरोले पुरिएका घरबाट मानिससँगै उनीहरूका सामान तथा सम्पत्ति निकाल्ने काम पनि भइरहेको उनले बताए।

विपद्का बेला केही व्यक्तिले विभिन्न दृश्य खडा गरेर आफूलाई जनताको सेवक देखाउन खोजेको भन्दै ओलीले त्यस्तो गतिविधि नगर्न आग्रह गरे।

'हामी यतिबेला पपुलर हुन खोज्ने होइन, लोकप्रिय हुन खोज्ने होइन। अधिकतम सेवा पीडितलाई कसरी पुर्‍याउन सकिन्छ, त्यस काममा लाग्नुपर्ने हो,' उनले भने, 'कृत्रिम फोटोहरू खडा गर्ने होइन।'
ओलीले विपद्का बेला भइरहेका केही गतिविधि गम्भीर र रहस्यमय रहेको पनि बताए। त्यसबारे थप विषय आगामी दिनमा उठाउने संकेत गर्दै उनले अहिले भने राहत र उद्धारमै केन्द्रित हुनुपर्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीको प्रश्न– ग्रीन आर्मीका नाममा खटिएका व्यक्ति को हुन्, खर्च र तालिमको स्रोत के हो?

ओलीको प्रश्न– ग्रीन आर्मीका नाममा खटिएका व्यक्ति को हुन्, खर्च र तालिमको स्रोत के हो?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी’का नाममा खटिएका व्यक्तिहरूको परिचय, तालिम र परिचालनको स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा आएको बाढी तथा त्यसबाट भएको क्षतिबारे टेलिफोन वार्ता भएको छ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।