नेभिगेशन
समाज

चौलानी नदी पहिरोले थुनिन सक्ने जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोले आधा थुनिएपछि नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार नदीमाथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले चौलानी नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना छ।

Ncell
Extreme Energy

सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे डीईओसी १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

आज कृष्ण जन्माष्टमी पर्व । मध्यरात भगवान् कृष्ण जन्मने भन्दै व्रतालु पानीसमेत नखाइ व्रत गर्छन् । उपासना गर्छन् । अनुष्ठानसमेत गर्छन् । भगवानभक्त हिराशोभा महर्जन पनि आज कृष्ण...
भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

आज दिउँसो २ बजेसम्म १,२९५ शव संकलन भएको प्रहरीले जनाएको छ ।
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...