नेभिगेशन
समाज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत बुझाउने बढ्दै

काठमाडौँ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र र विद्यालयले कोषमा रकम जम्मा गर्न थालेका हुन्।

Ncell
Extreme Energy

गुल्मीका १० स्थानीय तहले रु एक करोड ४७ लाख ४३ हजार ४३ सहयोग गर्ने निर्णय गरेका छन्। प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना विपद् कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेका हुन्।

सत्यवती गाउँपालिकाले रु ३० लाख ६८ हजार ३९१, इस्मा गाउँपालिकाले रु २१ लाख एक हजार ६९६, रुरु क्षेत्र गाउँपालिकाले रु २६ लाख ७५ हजार र कालीगण्डकी गाउँपालिकाले रु १९ लाख ५५ हजार १५६ सहयोग गर्ने भएका छन्।

त्यस्तै, चन्द्रकोट गाउँपालिकाले रु १४ लाख, धुर्कोट गाउँपालिकाले रु १३ लाख ३७ हजार, रेसुङ्गा नगरपालिकाले रु १० लाख, गुल्मी दरबार गाउँपालिकाले रु पाँच लाख, मदाने गाउँपालिकाले रु चार लाख पाँच हजार ८०० र मालिका गाउँपालिकाले रु तीन लाख सहयोग गर्ने निर्णय गरेका छन्।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रु ३७ लाख दुई हजार सहयोग गरेको छ। प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोगस्वरूप उपलब्ध गराएको प्रतिष्ठानका प्रमुख मोहनकुमार राईले जानकारी दिए।

विराटनगरस्थित विराट ग्रुपले रु ७२ लाख कोषमा दाखिला गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम दाखिला गरिएको ग्रुपका अध्यक्ष प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए।

ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलब सङ्कलन गरी उक्त रकम जम्मा गरिएको हो।

यसैगरी, भक्तपुरका दुई विद्यालयले रु नौ लाख पाँच हजार ३०४ राहत रकम कोषमा दाखिला गरेका छन्। एभरेस्ट इङ्लिस स्कुलले रु छ लाख २३ हजार ४४ र एभरेस्ट भक्तपुर स्कुलले रु दुई लाख ८२ हजार २६० सहयोग गरेका हुन्।

रसुवाको बाढीबाट प्रभावित नागरिकको राहतका लागि सङ्कलन गरिएको उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको विद्यालयका प्रधानाध्यापकहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...

भर्खरै