नेभिगेशन
समाज

नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सामाजिक सञ्जालमा नानीबाबुहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तपाईँहरू भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ । यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ । जतिसक्छौँ हामी खटिरहेका छौँ । त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ ।”

Ncell
Extreme Energy

उनले अगाडि थपेका छन्, “तर, यसपालिको यो उत्सवमा रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुसी हुन सक्नुभएन । उहाँहरू गहिरो पीडामा हुनुहुन्छ । कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ ।”

प्रधानमन्त्री शाहले कतिपय नानीबाबुहरूले अचानक के–के भयो, कतिले त सोच्नसमेत नभ्याएको बताएका छन् । “नानीबाबुहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान् । कतिपय बाबुनानीहरूले विपद्को १०औँ दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला”, उनले उल्लेख गरेका छन् । 

उनले आज देश दुःखी भएको र बालबालिकाका कति साथीहरू छुटिनुभएको तथा कति घर र बस्तीहरू खण्डहर बनेको बताएका छन् । “खेल्ने कुद्ने चौरहरू पुरिएका छन् । यहाँहरूको आफ्नै ठाउँ आज बिरानोजस्तै बनेको होला”, उनले लेखेकाे छन् । 

प्रधानमन्त्री शाहले बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएको र त्यो क्रम अहिले पनि जारी रहेको बताए ।

“हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ । हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन । तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ । पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ”, उनले भने ।

प्रधानमन्त्री शाहले विपद् फेरि पनि आउन सक्ने उल्लेख गर्दै जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको बताए । साथै हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराइराख्नुपर्ने आवश्यकता पनि औँल्याए । “प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो । अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला । यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ”, उनले भने ।

प्रधानमन्त्री शाहले पूर्वतयारीका लागि विभिन्न कुरामा ध्यान दिन आग्रह गरेका छन् । उनले विपद् झोला, ससानो बचत र  अध्ययन र छलफलमा ध्यान दिन आग्रह गरेका छन् । जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेको छ भन्नेबारे अध्ययन सुरु गर्न आग्रह गरेका छन् । साथै एकापसमा यस्ता विषयमा छलफल गर्न र जनचेतना फैलाउने काममा अगाडि बढ्न पनि सुझाव दिएका छन् । “विपद्को भाषा विनास र दुःख हो, तर यस्तो सङ्कटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ”, उनले भनेका छन्, “श्रीकृष्णले पनि भन्नुभएको छ सङ्घर्ष र विपद्को समयमा हार मानेर वा निरास भएर बस्ने होइन । धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ । हामी रोकिदैनौँ । त्यसैले हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ...
भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।
भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : एक हजार २९४ शव फेला, पाँच हजार ५३ अझै सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा यही  भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन्...

भर्खरै