नेभिगेशन
समाज

कृष्णभिरको पहिरोपछि यसरी ल्याउन थालियो एलपी ग्यास

चितवन। पृथ्वीराजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हटाउन उद्योगीले उपत्यका बाहिरका उद्योगमा ग्यास ‘बोटलिङ’ गरी राजधानी ल्याउन थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आयल निगमले उपत्यका बाहिर रहेका उद्योगमा खाली सिलिण्डरमा ग्यास भरेर उपत्यका ल्याउन अनुमति दिएपछि ग्यास उद्योगीले वैकल्पिक ढुवानी व्यवस्था मिलाएका हुन्।

Ncell
Extreme Energy

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिण्डर उपत्यका बाहिर लैजाने र भरिएका सिलिण्डर पुनः राजधानी ल्याउने व्यवस्था मिलाइरहेका छन्।

सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यका बाहिरका उद्योगमा खाली सिलिण्डर पर्याप्त छैनन्। त्यसैले उपत्यकामा रहेका खाली सिलिण्डर ट्रकमार्फत बाहिरका उद्योगमा पुर्‍याएर ग्यास भरी त्यही ट्रकबाट राजधानी ल्याउनुपर्ने अवस्था छ।

उनका अनुसार चितवनस्थित नेपाल ग्यास गण्डकीमा काठमाडौँमा प्रयोग हुने नेपाल ग्यासका सिलिण्डरमा ग्यास भर्ने काम भइरहेको छ। खाली सिलिण्डरको अभावका कारण भने मागअनुसार ग्यास भर्न सकिएको छैन।

नेपाल ग्यासले उपत्यकामा दैनिक करिब ११ हजार सिलिण्डर बिक्री गर्दै आएको छ। केही दिनभित्र दैनिक आठदेखि १० हजार सिलिण्डर काठमाडौँ ल्याउने तयारी भइरहेको भण्डारीले बताए।

सङ्घका सदस्य विमल कालाखेतीका अनुसार अन्य उद्योगले पनि उपत्यकाबाट खाली सिलिण्डर बाहिर लगेर ग्यास भरी राजधानी पठाउन थालेका छन्।

उनका अनुसार बाबाले श्री ग्यासका सिलिण्डरमा ग्यास भरेर पठाएको छ भने चितवनको साइबाबाले आफ्नै सिलिण्डरमा ग्यास भरेर काठमाडौँ पठाएको छ। गैंडाकोटको जानकी ग्यास उद्योगमा नौबिसेको श्रीराम तथा हेटौँडाको साहारा ग्यास उद्योगमा काठमाडौँका एभरेस्ट र सुगम ग्यासका सिलिण्डर भरेर पठाइएको छ।

बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा तथा लोकप्रिय, सुपर, तारा लगायतका उद्योगले राजधानी बाहिरका विभिन्न उद्योगमा सिलिण्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन्।

सङ्घका अध्यक्ष चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक करिब ४० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ। अहिले भने माग बढेर एक लाख सिलिण्डरसम्म पुग्ने अवस्था रहेको उनले बताए।

“हामीले उद्योग र ढुवानीको व्यवस्था संगठित रूपमा गरिरहेका छौँ। केही दिनमै समस्या समाधान हुन्छ,” उनले भने।

उनले उपभोक्तालाई आवश्यकताअनुसार मात्र सिलिण्डर साट्न र अनावश्यक मौज्दात नगर्न आग्रह गरे।

उनका अनुसार एउटा ग्यास बुलेटमा करिब ४५० सिलिण्डर बराबर ग्यास आउँछ। ठूलो ट्रकले भरिएका करिब ५०० सिलिण्डर र खाली अवस्थामा करिब ६०० सिलिण्डर बोक्न सक्छ।

नेपालमा रहेका ५८ ग्यास उद्योगले उत्पादन गर्ने ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको सङ्घले जनाएको छ।

राजधानी बाहिरका नजिकका उद्योगले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्। गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको र यो हालसम्मकै बढी परिमाण भएको चन्दले बताए। उनका अनुसार सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा दीर्घकालीन समस्या हुने अवस्था छैन।

साल्ट ट्रेडिङले पनि वैकल्पिक व्यवस्था गर्‍यो

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना ‘एसटीसी सिलिण्डर’मा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउन थालेको छ।

धादिङको जुगेखोलास्थित कर्पोरेशनको एलपीजी प्लान्टमा ग्यासको बुलेट आउन नसक्ने अवस्था भएपछि निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज, बाबा लगायतका ग्यास प्लान्टसँग सहकार्य गरी खाली सिलिण्डरमा ग्यास भर्ने व्यवस्था मिलाइएको हो।

कर्पोरेशनले विषम प्राकृतिक विपद्का कारण उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।

नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पीडीओ’ उपलब्ध गराउँदा पर्याप्त ग्यास बिक्री गर्न समस्या भइरहेको जनाइएको छ। निगमले भारतीय आयल कर्पोरेशनबाट कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा त्यसको करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा परेको छ।

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटीसी सिलिण्डर’ खपत गर्दै आएको जनाएको छ।

पछिल्लो समय पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै अन्य कारणले निजी ग्यास कम्पनीबाट आपूर्तिमा समस्या आउँदा उपभोक्ता प्रभावित हुँदै आएका छन्। साल्ट ट्रेडिङले भने कुपन प्रणालीमार्फत ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

‘म त पर्खेको पर्खै छु, बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न...’ नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको...
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ...

भर्खरै