नेभिगेशन
समाज

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे खोलामार्फत आएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोमा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकलाई सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा उद्धार गरिएको छ।

Marvel
Extreme Energy

बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ। दुर्गम तथा सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ।

विपद्पछि जिल्लामा ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन छन्। श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहीन रहेको अधिकारीले बताए।

त्यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका छन्।

विपद्का क्रममा फेला परेका शवमध्ये छ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ। उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो।

विभिन्न स्थानमा फेला परेका अन्य १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको छ। बाँकी शवको सनाखत तथा डीएनए परीक्षणका लागि मुचुल्का उठाउने काम भइरहेको अधिकारीले बताए।

बाढीपहिरोले रसुवाको भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।

जिल्लाको मेरुदण्ड मानिएको ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ। छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्‍याएको छ।

बाढीले जिल्लाका आठ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ। धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकका लागि गाँसबासको व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ।

विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। नेपाल टेलिकमको सञ्चार सेवा पनि सबै क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार तथा समन्वय कार्यमा सहज भएको अधिकारीले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै