नेभिगेशन
समाज

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

धादिङमा सम्पूर्ण क्षेत्रमा विद्युतीकरण

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीकाअनुसार प्रतिकूल मौसमका बाबजुद सार्वजनिक बिदाका दिनमा समेत अहोरात्र खटेर नेपाल विद्युत् प्राधिकरणबाट विनाशकारी बाढीका कारण विद्युत् सेवा बन्द भएको क्षेत्रमा विद्युत् सेवा सूचारु गर्ने काम निरन्तर भइरहेको छ । 

Ncell
Extreme Energy

बाढीका कारण क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लामध्ये रसुवामा करिब ७८ प्रतिशत र नुवाकोटमा करिब ९६ प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ भने धादिङमा पनि करिब सम्पूर्ण क्षेत्रमा विद्द्युतीकरण भइसकेको छ । 

बाँकी विद्युतीकरण हुन नसकेका स्थानहरुमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार टुकी लगायत तत्काल उपलब्ध गराउन सकिने वैकल्पिक ऊर्जाका साधनहरु उपलब्ध गराई विद्युत् सेवाको पहुँच सुनिश्चित गर्ने कार्य भइरहेको सहायक प्रवक्ता भण्डारीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।