नेभिगेशन
समाज

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

धादिङमा सम्पूर्ण क्षेत्रमा विद्युतीकरण

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीकाअनुसार प्रतिकूल मौसमका बाबजुद सार्वजनिक बिदाका दिनमा समेत अहोरात्र खटेर नेपाल विद्युत् प्राधिकरणबाट विनाशकारी बाढीका कारण विद्युत् सेवा बन्द भएको क्षेत्रमा विद्युत् सेवा सूचारु गर्ने काम निरन्तर भइरहेको छ । 

Ncell
Extreme Energy

बाढीका कारण क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लामध्ये रसुवामा करिब ७८ प्रतिशत र नुवाकोटमा करिब ९६ प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ भने धादिङमा पनि करिब सम्पूर्ण क्षेत्रमा विद्द्युतीकरण भइसकेको छ । 

बाँकी विद्युतीकरण हुन नसकेका स्थानहरुमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार टुकी लगायत तत्काल उपलब्ध गराउन सकिने वैकल्पिक ऊर्जाका साधनहरु उपलब्ध गराई विद्युत् सेवाको पहुँच सुनिश्चित गर्ने कार्य भइरहेको सहायक प्रवक्ता भण्डारीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढी : यी हुन् हाइड्रोपावरको सुरुङमार्ग क्षेत्रबाट हराएका कर्मचारी, कति जना भेटिए ? (सूची)

रसुवा बाढी : यी हुन् हाइड्रोपावरको सुरुङमार्ग क्षेत्रबाट हराएका कर्मचारी, कति जना भेटिए ? (सूची)

नेपाल विद्युत् प्राधिकरणले रसुवामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना र सुरुङमार्ग क्षेत्रबाट हराएका ४७ कर्मचारीहरुको सूची सार्वजनिक गरेको छ ।
सुखद खबरको पर्खाइमा......

सुखद खबरको पर्खाइमा......

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे खोलामार्फत आएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार...
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...