नेभिगेशन
समाज

रसुवा बाढी : यी हुन् हाइड्रोपावरको सुरुङमार्ग क्षेत्रबाट हराएका कर्मचारी, कति जना भेटिए ? (सूची)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रसुवामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना र सुरुङमार्ग क्षेत्रबाट हराएका ४७ कर्मचारीहरुको सूची सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले विभिन्न संरचनाहरुमा क्षति पुगी उक्त संरचनाहरुमा कार्यरत कर्मचारीहरु समेत सम्पर्क विहिन भएकाले प्राधिकरणले नेपाली सेना र सम्वन्धित क्षेत्रका विज्ञ तथा अन्य निकायहरुको समन्वय तथा सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ । 

Ncell
Extreme Energy

खोज तथा उद्धारको अथक प्रयासबाट माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्रको पुरिएको संरचनाबाट दुई जना कर्मचारीको सकुशल उद्धार भएको र एक जनाको शव प्राप्त भएको छ भने अन्य कर्मचारीहरु फेला पर्न नसकेको अवस्था प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले हराएकाहरुको परिवारलाई डिएन परीक्षणका लागि स्याम्पल बुझाउन अपिल समेत गरेको छ । 

नेपाल प्रहरीबाट भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका नागरीकहरुको डिएनए परीक्षणको लागि सबैभन्दा नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी) भित्रको कोही एक जनाको नमुना (रगत) संकलनको लागि सार्वजनिक सूचना प्रकाशित भएको भन्दै प्राधिकरणले उक्त वाढीका कारण सम्पर्कविहीन भएका प्राधिकरणका कर्मचारीहरुको सबैभन्दा नजिकको रगतको नाता पर्ने उल्लेखित आफन्तहरुले दुई प्रति पासपोर्ट साईजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । 

साथै एकीकृत तथ्यांक संकलन गर्नका लागि डिएनए परीक्षणको लागि दिइएको स्लिप र परीक्षण पश्चात प्राप्त भएको रिपोर्ट समेत ह्वाट्स एप ग्रुप NEA Information Center for Rasuwa Flood मा पठाइदिन समेत प्राधिकरणले अनुरोध गरेको छ ।

यी हुन् हराएका कर्मचारीहरु:

1-1788658062.jpg
2-1788658062.jpg
3-1788658063.jpg
4-1788658063.jpg
5-1788658063.jpg
6-1788658063.jpg
7-1788658063.jpg
8-1788658063.jpg
9-1788658064.jpg
10-1788658064.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् ।
जीवितै छन् भन्ने आशा गुमाइसकेका यामबहादुर जब फर्किए...

जीवितै छन् भन्ने आशा गुमाइसकेका यामबहादुर जब फर्किए...

म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ ।
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब...
गोरखामा बाढीले चार घर बगायो

गोरखामा बाढीले चार घर बगायो

गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।