नेभिगेशन
समाज

गोरखामा बाढीले चार घर बगायो

बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

गोरखा । जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज विहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Marvel
Extreme Energy

बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उनले बताए । बाढीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ । 

पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने जनाइएको छ ।  चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले अल्पकालीन रुपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने बताए । खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । सो खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै