नेभिगेशन
समाज

सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा वीरगंजको गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

Marvel
Extreme Energy

प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अध्यक्ष यादवसहित क्यासिनोका कर्मचारीहरूको पहिचान तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ । सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे आइतबार प्रेस विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् । नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवा खेल्न कानुनी प्रतिबन्ध छ ।

नेपालको कानुन अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश र जुवा खेल्न पूर्ण प्रतिबन्ध छ। 

क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्दा मुलुकी अपराध संहिता, २०७४ (दफा १२५ - जुवा खेल्न वा खेलाउन नहुने) अनुसार कारवाही हुन्छ । 

जनप्रतिनिधिको हकमा के हुन्छ ?
◦ ​पहिलो पटक जुवा खेल्नेलाई: ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय।
◦ ​दोस्रो पटक जुवा खेल्नेलाई: १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना।
◦ ​त्यसपछिको प्रत्येक पटक: थप ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना।
◦ ​सम्पत्ति जफत: जुवा खालबाट बरामद भएको सम्पूर्ण नगद रकम, चिप्स तथा जुवा खेल्न प्रयोग गरिएका सामग्रीहरू कानुनतः जफत हुन्छन्।
•  ​क्यासिनो नियमावली तथा पर्यटन ऐन:
◦ ​नेपालीलाई प्रवेश दिने क्यासिनो सञ्चालक तथा व्यवस्थापनमाथि लाइसेन्स खारेजी, जरिबाना तथा मतियारका रूपमा कानुनी कारबाही अघि बढ्छ।
​२. जनप्रतिनिधिको हकमा के हुन्छ ?
* ​समान कानुनी दायित्व: जुवा सम्बन्धी फौजदारी कसुरमा जनप्रतिनिधिलाई कुनै विशेष उन्मुक्ति हुँदैन; सामान्य नागरिक सरह नै मुलुकी अपराध संहिता बमोजिम पक्राउ, म्याद थप र मुद्दा दायर हुन्छ।
* ​थुनामा रहँदाको अवस्था: प्रहरी हिरासतमा रहेको समयमा जनप्रतिनिधिले आफ्नो पदीय हैसियत र अधिकार प्रयोग गर्न पाउँदैनन्।
•  ​पद निलम्बन तथा पदमुक्तिका आधार (स्थानीय सरकार सञ्चालन ऐन, २०७४):
◦ ​अदालतमा मुद्दा दायर भई पुर्पक्षका लागि थुनामा पठाइएमा पद स्वतः निलम्बनमा पर्छ।

यद्यपि, अध्यक्ष यादव क्यासिनोमा कुन प्रयोजनले पुगेका थिए त्याे भने खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै