नेभिगेशन
समाज

नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

काठमाडौँ । सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्ने दिर्घकालीन योजना सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशी बाढीले नदी किनारका सबै बस्ती बगाएपछि नागरिकको जिउधन र सुरक्षित बसोबासको लागि सरकार यो निष्कर्षमा पुगेको हो । 

Ncell
Extreme Energy

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोखिमयुक्त स्थानको बसोबास सार्ने योजनालाई कानुनी आधार दिन नयाँ विधेयक ल्याएको हो । 

भूमिमन्त्री प्रतिभा रावलले संसदमा दर्ता गर्ने तयारी गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा जोखिमयुक्त स्थानको बस्ती सार्नेसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ । 

‘नदी किनार, ताल तलैयाको किनार, राष्ट्रिय निकुञ्ज, आरक्ष, वन क्षेत्र, सडकको मापदण्डभित्र वा अन्य जोखिमयुक्त स्थानमा बसोवास गरिरहेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई अन्यत्रै बसोबासको व्यवस्था मिलाउनु पर्नेछ’ मस्यौदामा भनिएको छ । 

अहिले यो विधेयकको मस्यौदा सर्वसाधारणको सुझाव लिनका लागि सार्वजनिक गरिएको छ । सुझावको आधारमा विधेयक टुंग्याएर संसदमा दर्ता गरिनेछ । संसदले पारित गरेपछि कानुन बन्नेछ । त्यसपछि जोखिमयुक्त बस्तीहरु सार्ने योजना कार्यान्वयनमा आउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव पक्राउ

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् ।
जीवितै छन् भन्ने आशा गुमाइसकेका यामबहादुर जब फर्किए...

जीवितै छन् भन्ने आशा गुमाइसकेका यामबहादुर जब फर्किए...

म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ ।
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब...
गोरखामा बाढीले चार घर बगायो

गोरखामा बाढीले चार घर बगायो

गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।