नेभिगेशन
समाज

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ आफन्तको डिएनए नमूना संकलन

नारायणगढ (चितवन) । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन, डिएनए नमूना संकलन तथा पहिचान गर्ने काम भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन गरिएको छ भने १४ शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

Ncell
Extreme Energy

शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि डिएनए नमूना संकलन सुरु गरिएको हो। यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डिएनए नमूना संकलन गरिएको छ।

भदौ १६ गते सात पुरुषको नमूना संकलन गरिएको थियो। भदौ १७ गते २६ जनाको नमूना संकलन गरिएकामा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक थिए।

यस्तै, भदौ १८ गते २२ जनाको नमूना संकलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक थिए। भदौ १९ गते सात जनाको नमूना संकलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक थिए।

भदौ २० गते छ जनाको नमूना संकलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक छन्।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार खोजी कार्य, शव पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण संकलन तथा अन्य समन्वयात्मक काम निरन्तर भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ।
मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

नेपालमा यो साता मनसुन सक्रिय रहने भएकाले देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
देवीघाटमा ६० मिटरकाे एक्रो ब्रिज निर्माण तीव्र, केहि दिन मै आवतजावत संचालन हुने

देवीघाटमा ६० मिटरकाे एक्रो ब्रिज निर्माण तीव्र, केहि दिन मै आवतजावत संचालन हुने

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण  ...
नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्ने दिर्घकालीन योजना सार्वजनिक गरेको छ ।

भर्खरै