नेभिगेशन
समाज

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

राँझा (बाँके)  । रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीका कारण बाँकेका धेरै व्यक्ति बेपत्ता भएका छन्। बाढीमा फेला परेका कतिपय शव क्षतविक्षत भएकाले पहिचान गर्न कठिन भएपछि आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

Ncell
Extreme Energy

उनका अनुसार नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो। अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा नमूना सङ्कलन गरिएको छ।

डिएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

शव पहिचानका लागि डिएनए परीक्षण गर्न नमूना पठाएपछि बाढीमा बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी रहेको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए।

भोटेकोशीमा आएको बाढीपछि उनका १९ वर्षीय एक्लो छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र ५६ वर्षीया भाउजू विष्णुमती एकैसाथ बेपत्ता भएका छन्।

रसुवाको भोटेकोशी बाढीपछि बाँकेका २३ जना अझै बेपत्ता छन्। हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।

उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २७४ रुपैयाँ सहयोग जम्मा भएको छ। विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन्।

बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले ६ लाख एक हजार रुपैयाँ गरेको छ। नेपाल ज्वेलर्सबाट दुई लाख ११ हजार रुपैयाँ तथा विभिन्न मस्जिदबाट सङ्कलित रकम पनि उल्लेख्य रहेको छ।

जिल्ला प्रशासन कार्यालयमा उपलब्ध सहयोग

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

नेपालमा यो साता मनसुन सक्रिय रहने भएकाले देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
देवीघाटमा ६० मिटरकाे एक्रो ब्रिज निर्माण तीव्र, केहि दिन मै आवतजावत संचालन हुने

देवीघाटमा ६० मिटरकाे एक्रो ब्रिज निर्माण तीव्र, केहि दिन मै आवतजावत संचालन हुने

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण  ...
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ आफन्तको डिएनए नमूना संकलन

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ आफन्तको डिएनए नमूना संकलन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन, डिएनए नमूना संकलन तथा पहिचान गर्ने काम भइरहेको छ।द
नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

नदी किनारका जोखिमयुक्त बस्ती सार्ने सरकारको योजना, मन्त्री रावलले ल्याइन् विधेयक

सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्ने दिर्घकालीन योजना सार्वजनिक गरेको छ ।

भर्खरै