नेभिगेशन
समाज

संसद् भवन परिसरमा जेनजी पार्क शिलान्यास

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको  स्मृतिमा संसद् भवन परिसरमा ‘जेनजी मेमोरियल पार्क’को शिलान्यास गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी सहिदहरुको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेनजी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो।

Ncell
Extreme Energy

गृहमन्त्री सुधन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेनजीहरुको सपना पुरा गर्ने बाटोमा सरकार लागिपरेको बताए ।  मन्त्री गुरुङले आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए ।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गरे । उनले हालसम्मका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर...
बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

बूढीगण्डकीको बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति, चुमनुब्रीवासी र पर्यटक समस्यामा

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ ।
भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ।
मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

मौसमविद भन्छन्– यो साता पनि मनसुन सक्रिय, बाढीपीडित र उद्धारकर्मीलाई मौसमले साथ नदिनसक्छ

नेपालमा यो साता मनसुन सक्रिय रहने भएकाले देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

भर्खरै