नेभिगेशन
समाज

यी पाँच आयोजनाका सुरुङमा जारी छ खोजी

काठमाडौँ । भोटेकोशी बाढीको १२औं दिन आज पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोजी तथा उद्धार कार्य जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाको नेतृत्वमा विदेशी विज्ञहरु समेत संलग्न उद्धार टोलीले रसुवागढी, त्रिशूली थ्री ए, त्रिशूली ३ बी, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउसमा खोजी गरिरहेको छ ।

Ncell
Extreme Energy

नेपाली सेनाका अनुसार, उद्धार टोली रसुवागढी आयोजनाको पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ ।

त्यस्तै, त्रिशूली ३ ए को पावरहाउस तथा सुरुङमा नेपाली सेनाको उद्धार टोलीले खोजी गरिरहेको छ भने त्रिशूली ३ बी को सुरुङमा एक्स्काभेटर जान सक्ने गरी बाटो सफा गरिएको छ ।

चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोली परिचालित छ । उद्धार टोलीले मिनी एक्स्काभेटर र मड पम्पबाट लेदो फाल्दै पावर हाउसको करिव ५० मिटर नजिक पुगेको छ ।

माथिल्लो त्रिशूली १ मा थर्मल क्यामेराबाट सुरुङभित्र खोजी कार्य भइरहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।
टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...