नेभिगेशन
मुख्य समाचार

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

दुर्घटनामा गम्भीर घाइते भएका चौरेललाई तत्काल उद्धार गरी वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।

प्रहरीका अनुसार पिलुवाबाट पथलैयातर्फ आउँदै गरेका चौरेलले चलाएको प्र२-०३-०२२प ९६४५ नम्बरको मोटरसाइकललाई बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।
गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

गगनले शेखर र पूर्णबहादुरलाई भेटेपछि बसेको कांग्रेस बैठकमा के हुँदैछ ?

सभापति गगनकुमार थापाले हिजो र आज गरी इतरपक्षका दुई नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको विवाद समाधानबारे छलफल गरेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो...
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम...
भदौ १० भन्दा ठूलो बाढीको जोखिम

भदौ १० भन्दा ठूलो बाढीको जोखिम

भदौ १० भन्दा ठूलो बाढीको जोखिम