नेभिगेशन
समाज

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । 

Ncell
Extreme Energy

यसअघि आइतबार बसेको बैठकले पार्टीको १५औँ महाधिवेशनसहित समसामयिक विषयमा निर्णय गरेको थियो । 

बैठकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा पार्टीका तर्फबाट थप सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार विपत् प्रभावित क्षेत्रमा पार्टीका संरचना तथा भ्रातृ संगठनलाई थप परिचालन गरिनेछ । साथै, बाढीपहिरो व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने भन्दै कांग्रेसले आगामी भदौ २४ गते तय गरिएको वडा अधिवेशनको मिति पुनर्विचार गर्न माग गरेको छ ।

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट उठाउने विषयमा कांग्रेसले आवश्यक सुझाव दिने निर्णय गरेको छ ।

महाधिवेशनका सन्दर्भमा सदस्यता नवीकरण गरेका तर विवरण अध्यावधिक गर्न छुटेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय बैठकले गरेको छ । प्रवक्ता चालिसेका अनुसार यो व्यवस्था अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका वा निधन भएका व्यक्तिका हकमा भने लागू हुनेछैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

बेलायती उपसभामुख नोक्स र पूर्वउपसभामुख रानाबीच भेटवार्ता, नेपालका बाढी प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बेलायतको संसद् (हाउस अफ कमन) की उपसभामुख क्यारोलिन नोक्ससँग भेट गरेकी छिन् ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्...