नेभिगेशन
समाज

कांग्रेस कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ । 

Extreme Energy

यसअघि आइतबार बसेको बैठकले पार्टीको १५औँ महाधिवेशनसहित समसामयिक विषयमा निर्णय गरेको थियो । 

बैठकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा पार्टीका तर्फबाट थप सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार विपत् प्रभावित क्षेत्रमा पार्टीका संरचना तथा भ्रातृ संगठनलाई थप परिचालन गरिनेछ । साथै, बाढीपहिरो व्यवस्थापनका लागि सरकारलाई आवश्यक सुझाव दिने निर्णय पनि बैठकले गरेको छ ।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने भन्दै कांग्रेसले आगामी भदौ २४ गते तय गरिएको वडा अधिवेशनको मिति पुनर्विचार गर्न माग गरेको छ ।

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट उठाउने विषयमा कांग्रेसले आवश्यक सुझाव दिने निर्णय गरेको छ ।

महाधिवेशनका सन्दर्भमा सदस्यता नवीकरण गरेका तर विवरण अध्यावधिक गर्न छुटेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय बैठकले गरेको छ । प्रवक्ता चालिसेका अनुसार यो व्यवस्था अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका वा निधन भएका व्यक्तिका हकमा भने लागू हुनेछैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...
न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।

भर्खरै