नेभिगेशन
समाज

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा उनले त्यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् । बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरुले रसुवा बाढीले जिल्लामा पुर्याएको जनधनको क्षतिबारे जानकारी गराएका थिए ।

Ncell
Extreme Energy

साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरु रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे । त्यहाँ बाढीबाट प्रभावित नागरिकहरुले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त

राष्ट्रिय शोक दिवसका अवसरमा सिंहदरबारस्थित विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाइएको छ। देशभरका सरकारी कार्यालयमा पनि राष्ट्रिय शोकको सम्मानस्वरूप राष्ट्रिय झण्डा आधा झुकाइएको छ।