नेभिगेशन
समाज

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिशूली नदीमा आएको बाढीको कटानका कारण भदौ १४ गते कृष्णभीरमा सडक भासिएको थियो। सडक अवरुद्ध भएपछि अहिले नदीतर्फको भागबाट पर्खाल काटेर सडक निर्माण गर्ने काम भइरहेको छ।

Ncell
Extreme Energy

सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार जोखिम मोलेर भए पनि सडक खुलाउने काम भइरहेको छ। भूगर्भविद् तथा इन्जिनियरको परामर्शमा सडक खुलाउने काम भइरहेको उनले बताए।

बाढीको सम्भावना अझै करिब एक महिना रहने भएकाले थप क्षति नहोस् भनेर आवश्यक सतर्कता अपनाइएको महानिर्देशक जैसीले जानकारी दिए।

उनका अनुसार भविष्यमा यस क्षेत्रमा देखिएको समस्याको स्थायी समाधानका लागि सुरुङमार्ग बनाउने वा पारीपट्टि पुल हालेर सडक लैजाने दुई विकल्पमा प्राविधिक तथा लागत अध्ययन भइरहेको छ।

त्रिशूली नदीको कटानका कारण उक्त राजमार्गको करिब २०० मिटर सडक भासिएको थियो। अहिले भित्तातर्फबाट कटान गरी सडक निर्माणको काम भइरहेको छ। सडक निर्माणका लागि दुवैतर्फबाट पाँचवटा मेसिन सञ्चालनमा छन्।

सडकखण्ड अवरुद्ध भएपछि काठमाडौं जाने–आउने सवारीसाधनले वैकल्पिक राजमार्ग प्रयोग गर्दै आएका छन्। मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।

सडक विभागले सडकलाई जतिसक्दो छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन

धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ ।
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै बेपत्ताका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित सिसाघारीमा स्वस्ति वाचन तथा दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।