नेभिगेशन
समाज

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

चुमनुव्रीमा बाढीले बगायो दुई पुल

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुव्री गाउँपालिका–२ र ४ जोड्ने फलामको पुल बगाएको छ। त्यस्तै, गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

Marvel
Extreme Energy

पुलहरू बगाएपछि त्यस क्षेत्रमा आवतजावत प्रभावित भएको छ।

बाढीका कारण पदमार्गसमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीय प्रशासनले मनास्लु पदमार्ग र लार्के पास पदमार्गमा यात्रा नगर्न आग्रह गरेको छ।

मनास्लु वा लार्के पास पदमार्गमा जाने तयारीमा रहेका तथा अहिले यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न वा नगराउन अनुरोध गरिएको छ।

सम्बन्धित निकायले बाढीबाट भएको थप क्षतिको विवरण संकलन तथा जोखिमको अवस्थाबारे अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै