नेभिगेशन
नेताका कुरा

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको तालिका फेरि संशोधन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २४ मा हुने भनिएको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

मुलुकको पछिल्लो विषम परिस्थिति र बाढीपहिरोले प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राख्दै वडा अधिवेशनको मिति एक साता सार्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । अधिवेशनको तय गर्ने जिम्मेवारी भने निर्वाचन समितिलाई दिइएको छ ।

यसअघि भदौ २ मा गर्ने भनिएको वडा अधिवेशनको तालिका केन्द्रीय समितिले संशोधन गर्दै भदौ २४ मा गर्ने निर्णय गरेको थियो । अब असोज ३ वा ४ गते वडा अधिवेशन हुने जनाइएको छ । बैठकले 
असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको १५औँ महाधिवेशनको मिति भने नसार्ने निर्णय गरेको छ ।

यद्यपि, असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।

आजकै बैठकले क्रियाशील सदस्यका हकमा पनि लचकता अपनाउने निर्णय गरेको छ । २०८२ पुस २१ गतेसम्म तत्कालीन महामन्त्री (हाल सभापति) गगन थापाको नेतृत्वमा रहेको समितिले टुंग्याएको क्रियाशील सदस्यता नवीकरणलाई आधार मानेर अधिवेशनमा जाने निर्णय गरिएको एक नेताले जानकारी दिए ।

यो निर्णयअनुसार, महाधिवेशनमा सहभागी हुनकै लागि क्रियाशील सदस्यहरुले सदस्यता अद्यावधिक गर्नुपर्ने छैन । महाधिवेशन सम्पन्न नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया भने जारी रहने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।