नेभिगेशन
नेताका कुरा

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको तालिका फेरि संशोधन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २४ मा हुने भनिएको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो ।

Extreme Energy

मुलुकको पछिल्लो विषम परिस्थिति र बाढीपहिरोले प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राख्दै वडा अधिवेशनको मिति एक साता सार्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । अधिवेशनको तय गर्ने जिम्मेवारी भने निर्वाचन समितिलाई दिइएको छ ।

यसअघि भदौ २ मा गर्ने भनिएको वडा अधिवेशनको तालिका केन्द्रीय समितिले संशोधन गर्दै भदौ २४ मा गर्ने निर्णय गरेको थियो । अब असोज ३ वा ४ गते वडा अधिवेशन हुने जनाइएको छ । बैठकले 
असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको १५औँ महाधिवेशनको मिति भने नसार्ने निर्णय गरेको छ ।

यद्यपि, असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।

आजकै बैठकले क्रियाशील सदस्यका हकमा पनि लचकता अपनाउने निर्णय गरेको छ । २०८२ पुस २१ गतेसम्म तत्कालीन महामन्त्री (हाल सभापति) गगन थापाको नेतृत्वमा रहेको समितिले टुंग्याएको क्रियाशील सदस्यता नवीकरणलाई आधार मानेर अधिवेशनमा जाने निर्णय गरिएको एक नेताले जानकारी दिए ।

यो निर्णयअनुसार, महाधिवेशनमा सहभागी हुनकै लागि क्रियाशील सदस्यहरुले सदस्यता अद्यावधिक गर्नुपर्ने छैन । महाधिवेशन सम्पन्न नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया भने जारी रहने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...
न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।

भर्खरै