नेभिगेशन
समाज

अध्यक्ष ओलीले दिए भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएकाहरूको १३औँ पुण्यतिथिका अवसरमा ओलीले शोक वक्तव्य जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।

Marvel
Extreme Energy

उनले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

बाढीका कारण बेपत्ता भएकाहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका एमालेका स्वयंसेवक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित राज्यका निकाय, सामाजिक संघसंस्था, प्रदेश तथा स्थानीय सरकार, स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय समुदायलाई ओलीले धन्यवाद दिएका छन्।

‘हराइरहेका दाजुभाइ तथा दिदीबहिनीहरूको सकुशल उद्धारमा सफलता मिल्नेछ’ भन्ने आशा व्यक्त गर्दै उनले प्रभावित परिवारको बाँकी राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई अझ प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित ६ घाइते

जिल्ला बैतडी मेलौली नगरपालिका १ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले विचलित नहुने भनाइ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।
बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनमा ऊर्जा मन्त्रालयको लोभलाग्दो प्रगति, पहिलो त्रैमासमै उत्साहजनक सुरुवात

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ । मन्त्रालयमातहतको जलस्रोत तथा सिंचाइ विभागकाअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्...
कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

कांग्रेस सहमहामन्त्री शिवाकोटी भन्छन् : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भयबाट विचलित नहुने बताएका छन् ।

भर्खरै