नेभिगेशन
समाज

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्। यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ।

Ncell
Extreme Energy

भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौँ चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्।

लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको सङ्ख्या घटेको छ। बेँसीसहर–काठमाडौँ माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौँ पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ।

'बाटो लामो भएकाले समय पनि धेरै लाग्छ', उनले बताए।

बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले पाँच–सात वटामात्र सञ्चालनमा छन्। यात्रु पनि अत्यावश्यक काम परेका मात्रै जाने गरेका छन्।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु ९०० र विद्युतीय माइक्रोबसको रु ७०० रहेकामा अहिले क्रमशः रु दुई हजार र रु एक हजार ५०० पुगेको छ। यात्रु तथा सवारीसाधन घटेसँगै चालक तथा व्यवसायीको आम्दानीमा असर परेको छ। ठूला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौँ दैनिक पाँच–छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र जाने गरेको छ। वैकल्पिक मार्गअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन।

यसअघि सवारीसाधन अनुसार रु ९०० देखि रु एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी रहेको छ।

सडक अवरोधको असर उपचारका लागि ‘रेफर’ हुने बिरामीको यात्रामा परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौँ, चितवन र पोखरा रेफर गर्ने गरिएको छ।

काठमाडौँ लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समै घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पुर्‍याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए।

यसले बिरामी र आफन्तलाई झन्झटसँगै उपचार खर्चसमेत बढाएको उनको भनाइ छ। बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गबाट यात्रा गर्दा समय र खर्च दुवै बढेको बताइन्। उनी भदौ २० गते शनिबार काठमाडौँस्थित काम सकेर बेँसीसहर फर्किएकी थिइन्। काठमाडौँ जाँदा माइक्रोमा रु ९०० तिरेकी उनले फर्किंदा रु दुई हजार भाडा तिर्नुपरेको बताइन्।

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।

नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो यात्रा, बढेको भाडा र वैकल्पिक मार्गको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
आज जेनजी सहिद दिवस- सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवस- सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।
जेनजी आन्दोलनले देखाएको बाटो

जेनजी आन्दोलनले देखाएको बाटो

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...