नेभिगेशन
समाज

यी १० स्थानमा छ यातायात अवरूद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात प्रभावित भएको छ। मंगलबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीस्थित काठमाडौं–धादिङ राजमार्गमा पहिरोका कारण भदौ १७ गतेदेखि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

Ncell
Extreme Energy

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा सवारी सञ्चालन आंशिक रूपमा नियमन गरिएको छ। भदौ १६ गतेदेखि लागू भएको व्यवस्थाअनुसार राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्थाको मूल्याङ्कन गरी अन्य सवारी सञ्चालन गरिँदै आएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड भदौ ८ गतेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, मुख्य राजमार्गका अन्य स्थानमा समेत बाढीका कारण भदौ १० गतेदेखि यातायात पूर्ण रूपमा अवरुद्ध रहेको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

धादिङको वेत्रावती नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड भदौ १० गतेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी राजमार्ग पनि भदौ १४ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। सोही गाउँपालिका–१० ज्वाङ्खोलामा भने भदौ १६ गतेदेखि एकतर्फी यातायात सञ्चालनमा छ। गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा पनि भदौ २० गतेदेखि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतका कारण भदौ २२ गतेदेखि सवारीको चाप हेरेर एकतर्फी यातायात सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशको रोल्पामा परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्ग पहिरोका कारण भदौ १७ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ।

कर्णाली प्रदेशमा मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित मुगु–गमगढी सडक, कालिकोटको शुभकालिका गाउँपालिका–१ गग्नेखोलास्थित कर्णाली राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्ग र सुर्खेतको बराहताल गाउँपालिका–७ औँलिसेस्थित कर्णाली राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।