नेभिगेशन
समाज

रसुवा बाढीबाट अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो वत्ती

काठमाडौँको तारकेश्वर–४ पनि जोडियो लाइन

काठमाडौँ । सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो । 

Ncell
Extreme Energy

विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो । 

यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटकाे विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुन: सूचारु गरिएको छ । 

ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार  बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुनःसुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको तारकेश्वर–४ पनि सेवा पुन: सुरु भएको छ ।  

मन्त्री श्रेष्ठकाअनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ ।

साथै, विद्युत् सेवा पुग्न नसकेका स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २ किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कार्य पनि अघि बढाइएको मन्त्री श्रेष्ठले बताए । 

उनकाअनुसार नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरु बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

नेकपा एमालेले गत वर्षको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र त्यसपछिको विध्वंसलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ।
रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी र पहिरोले रसुवासहित सात जिल्लाको सडक अवरुद्ध छ ।
ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

काठमाडौँ उपत्यकासहित देशभर ग्यासको अभाव कायमै रहेपछि संसदीय समितिले मन्त्री र सचिव डाँकेको छ ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।