नेभिगेशन
समाज

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले केही दिनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन लागेको भन्दै उक्त मञ्चलाई नेपालको जलवायु संकटबारे विश्वलाई जानकारी गराउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

Ncell
Extreme Energy

'यो महासभा हाम्रा लागि केवल एउटा नियमित कूटनीतिक उपस्थिति मात्र बन्नु हुँदैन। यो त विश्व समुदायलाई हाम्रा हिमालमा अहिले के भइरहेको छ भनेर सत्यको ऐना देखाउने ऐतिहासिक र निर्णायक मञ्च बन्नुपर्छ,'उनले भने।

हिमालमा पग्लिरहेको हिउँले मानव सभ्यतामा पार्न सक्ने असरबारे विश्वका धेरै राष्ट्र र राजनीतिक नेतृत्वलाई अझै पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उनले जलवायु संकट, प्रकृतिको दोहन र त्यसबाट निम्तिएका विपद्का विषयलाई नेपालले अन्तर्राष्ट्रिय तथा द्विपक्षीय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

नेपालले अब याचना गर्ने नभई नयाँ, प्रभावकारी र स्वाभिमानी कूटनीति अघि बढाउनुपर्नेमा उनले जोड दिए।

'हाम्रा हिमालहरूको कहालीलाग्दो अवस्थाबारे विश्व समुदायलाई तथ्यसहित, शालीन तर दृढतापूर्वक बुझाउने कूटनीति चाहिएको छ,'उनले भने, 'जलवायु र पर्यावरणमाथिको अतिक्रमणले ल्याएको विनाशबारे बुझाउने कूटनीति र प्रकृति तथा मानव जीवनको अस्तित्व रक्षाबारे बुझाउने कूटनीति चाहिएको छ।”

नेपाल जलवायु न्यायको विषयमा विश्व समुदायलाई आफ्नो पक्ष बुझाउन नैतिक रूपमा बलियो अवस्थामा रहेको उनको भनाइ थियो। उनले सरकारलाई जलवायु कूटनीतिलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे।

लामिछानेले विपद्पछिको पुनर्निर्माण सत्तापक्ष वा प्रतिपक्षको मात्र नभई सिंगो राष्ट्रको जिम्मेवारी भएको बताए।

'विश्वसँग न्याय माग्नुअघि हामीले आफैंभित्र न्याय र एकता कायम गर्नुपर्छ,'उनले भने, 'राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर, एकअर्काको हात समाएर हामीले यो देशलाई भविष्यप्रतिको भरोसा दिलाउनुपर्छ।”

भूकम्पलगायत विगतका विपद्बाट नेपाल पटकपटक उठेको उल्लेख गर्दै उनले अहिलेको विपद्बाट पनि देश पुनः उठ्ने विश्वास व्यक्त गरे।

'यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ,'उनले भने।

राजनीतिक वा प्राकृतिक जुनसुकै विपद् भए पनि त्यसको सामना गर्नुको विकल्प नरहेको बताउँदै लामिछानेले नागरिकको जीवनरक्षालाई नीति र राजनीतिको पहिलो प्राथमिकता बनाउनुपर्नेमा जोड दिए।

रास्वपा देश निर्माणको सपना र ऊर्जा बोकेर स्थापना भएको उल्लेख गर्दै उनले पार्टीले आफ्ना सीमा र कमजोरीलाई लुकाउनुको सट्टा स्वीकार गर्ने बताए।

विपद्ले संस्थागत क्षमताको महत्त्व थप स्पष्ट पारेको उनको भनाइ थियो। एक व्यक्तिले चाहेर मात्र समाज र राज्यमा गर्न सक्ने सुधारको निश्चित सीमा हुने उल्लेख गर्दै उनले सार्वजनिक संस्थाका रूपमा रास्वपा गठन गरिएको बताए।

'व्यक्तिसँग भन्दा धेरै राज्यका संस्थाहरूसँग नै यस्ता महाविपद् र जोखिमको सामना गर्न सक्ने सीप, ज्ञान, स्रोत र विगतका अनुभवहरू सुरक्षित हुन्छन्,'उनले भने, 'रास्वपाले सुनिश्चित गर्ने भनेकै संस्थागत क्षमता अभिवृद्धि र जवाफदेहिता हो।”

लामिछानेले सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत राज्यका सम्पूर्ण संस्थालाई थप बलियो बनाउन सरकारसँग आग्रह गरे।

अहिलेको विपद् व्यवस्थापनबाट प्राप्त सिकाइलाई दस्ताबेजका रूपमा सुरक्षित राख्दै भविष्यमा नतिजामुखी प्रतिकार्य र उद्धार गर्न सक्ने संस्थागत क्षमता विकास गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’