नेभिगेशन
पूर्वाधार

कृष्णभीरमा पहिरो, हेटौँडा–काठमाडौँ सडकमा गाडीको लर्को (तस्बिरहरू)

काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा  काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौंडा– काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ । 

Ncell
Extreme Energy

सवारीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि साना–ठूला सवारीलाई काठमाडौँ–हेटौँडा आवतजावत गर्न छुट्टाछुट्टै रूट तोकेको छ ।

१० चक्कासम्मका मालवाहक सवारीसाधन काठमाडौँतर्फ आउन त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग भइरहेको छ । हेटौँडाबाट काठमाडौँतर्फ आउने १४ सिटभन्दा कम क्षमताका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै आउजाउ गर्न रूट तोकिएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाने गाडी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गमा चलेका छन् ।

साँघुरो पहाडी सडकमा एकैपटक बढेको ट्रक, बस तथा अन्य सवारीसाधनको चापका कारण यात्रुले लामो समय जाममा बस्नुपर्ने अवस्था छ । यसले नियमित आवागमन मात्र होइन, काठमाडौंका लागि अत्यावश्यक वस्तु तथा ग्यासलगायतका सामग्रीको ढुवानीसमेत प्रभावित बनाएको छ । 

कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात, ग्यास, खाद्यान्नसहित अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीले यो बाटो प्रयोग गर्दै आएका छन् । 

करिब ३ घण्टाको हेटौँडा–काठमाडौँ सडक यात्रा सवारी चापका कारण अहिले पाँच घण्टासम्म लम्बिएको छ । 

तस्बिर– दृष्टान्त बिडारी, नेपाल फोटो लाइब्रेरी 

Hetauda-Road-Photos_NPL-(7)-1789023372.JPG

Hetauda-Road-Photos_NPL-(9)-1789023379.JPG

Hetauda-Road-Photos_NPL-(8)-1789023375.JPG

Hetauda-Road-Photos_NPL-(7)-1789023372.JPG

Hetauda-Road-Photos_NPL-(5)-1789023367.JPG

Hetauda-Road-Photos_NPL-(3)-1789023366.JPG

Hetauda-Road-Photos_NPL-(2)-(1)-1789023359.JPG

Hetauda-Road-Photos_NPL-(1)-1789023359.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।