नेभिगेशन
समाज

भोटेकोशी बाढीमा मृत्यु हुनेको कति पुग्यो संख्या ?

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये छ हजार ४०७ पुरुष, दुई हजार ८३० महिला र पहिचान नखुलेका ५० जना छन्।

उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले बताए।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुस्ताङमा भोलिदेखि घरपझोङ जलवायु सम्मेलन हुँदै

मुस्ताङमा भोलिदेखि घरपझोङ जलवायु सम्मेलन हुँदै

हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा यही भदौ ३० गते मङ्गलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

सोमबार देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता छन्।